जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा देखिएको कुपोषण समस्या समाधानका लागि खाने बानीमा सुधार आवश्यक रहेको बताए।
धनुषाको लालगढमा सुरु भएको तीनदिने ‘मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ उद्घाटन गर्दै उनले स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खाद्यान्नको सही प्रयोग र प्रत्येक घरको भान्साघर व्यवस्थित गर्न सके कुपोषणमा ठूलो सुधार आउने बताए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले सम्मेलनबाट कुपोषण न्यूनीकरणका लागि ठोस रणनीति तय हुने विश्वास व्यक्त गरे। सम्मेलनमा प्रदेशभरका स्वास्थ्य अधिकारी, पोषणविद् र सम्बन्धित सरोकारवालाको सहभागिता रहेको छ। २९ गते बाट सुरु भएको सम्मेलन ३१ गते सम्म चल्ने छ ।