जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा एचआइभीरएड्स संक्रमित बिरामीको संख्या सबैभन्दा बढी रहेको पाइएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा एक हजार ५०४ जना संक्रमित उपचारमा छन्।
चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर चार हजार ६८० जना संक्रमित एन्टिरेट्रोभाइरल थेरापी ९एआरटी० सेवामा आबद्ध छन्। धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ र सप्तरीमा १९४ जना संक्रमित रहेका छन्।
निर्देशनालयका एचआइभीरएड्स फोकल पर्सन राजवीर यादवका अनुसार प्रदेशमा एचआइभी परीक्षणको दायरा विस्तार भएको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ हजार जनाको परीक्षण गरिएकोमा यो संख्या बढेर २०८१/८२ सम्म ७६ हजार ७९२ पुगेको छ।
चालु वर्ष १६ गर्भवती महिलामा संक्रमण पुष्टि भएको छ भने १८ वर्षमुनिका १७५ बालबालिका संक्रमित छन्। खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण नियन्त्रणका मुख्य चुनौती रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।