काठमाडौँ । एभरेष्ट अस्पतालमा १८ सेमीको विशाल फाइब्रॉइड अत्याधुनिक ल्याप्रोस्कोपिक मायोमेक्टोमी प्रविधिबाट सफलतापूर्वक हटाइएको छ।
अस्पतालका अनुसार ठूलो चिरा नलगाई गरिएको शल्यक्रियाले आधुनिक चिकित्सा प्रविधिको प्रभावकारिता र सुरक्षित उपचार पद्धतिलाई पुनः पुष्टि गरेको छ। जटिल शल्यक्रिया ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ डा। राजन शाहको नेतृत्वमा सम्पन्न भएको हो।
यस प्रविधिबाट बिरामीलाई कम पीडा, कम जोखिम र छिटो निको हुने सुविधा प्राप्त भएको अस्पतालले जनाएको छ। अस्पतालले यस सफल शल्यक्रियाले स्त्रीरोग उपचार क्षेत्रमा आफ्नो उच्चस्तरीय सेवा थप प्रमाणित गरेको उल्लेख गर्दै सम्पूर्ण चिकित्सा टोली र बिरामीप्रति आभार व्यक्त गरेको छ।