विराटनगर। विराटनगरस्थित प्रतिष्ठित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल मा अन्तर्राष्ट्रिय नर्स दिवस–२०२६ को अवसरमा आयोजित साताव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नर्सहरूको अथक मेहनत, सेवाभाव र बिरामीप्रतिको समर्पणलाई सम्मान गर्दै अस्पतालले सांस्कृतिक कार्यक्रम, प्रतियोगिता तथा पुरस्कार वितरणसहित विशेष कार्यक्रम आयोजना गरेको हो।
एक सातासम्म सञ्चालन गरिएको कार्यक्रममा नर्सहरूको बौद्धिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ, स्पेलिङ कन्टेस्टलगायत विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने नर्सहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको अस्पतालले जनाएको छ।
त्यसैगरी, आफ्नो कार्यक्षेत्रमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएका नर्सहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा नर्सिङ स्टाफहरूले नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुति दिँदै समारोहलाई थप उत्साहपूर्ण बनाएका थिए।
अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा। वीरेन्द्र कुमार विष्ट को सभापतित्वमा सम्पन्न कार्यक्रममा नर्सिङ पेसाको महत्वबारे चर्चा गरिएको थियो। उहाँले नर्सहरू अस्पतालको मेरुदण्ड भएको उल्लेख गर्दै बिरामीको उपचार प्रक्रियामा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
समारोहमा कार्यकारी निर्देशक डा। अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, एकेडेमिक डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा। नवीन कुमार कर्ण तथा मेडिकल डाइरेक्टर एवं वरिष्ठ फिजिसियन डा। विवेक कट्टेल लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले आधुनिक चिकित्सा सेवामा नर्सहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सीपसँगै मानवीय संवेदनालाई अझ मजबुत बनाउन आग्रह गरेका थिए। अस्पताल प्रशासनले यस्ता कार्यक्रमले नर्सह