काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र डा टेड्रोस अधानोम घेब्रेयेसस बीच जेनेभामा भेटवार्ता भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन ले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा भएको भेटमा नेपाल र डब्लुएचओबीचको सहकार्य, स्वास्थ्य प्रणाली सुदृढीकरण तथा आगामी सहयोगका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भेटका क्रममा महानिर्देशक डा टेड्रोसले नेपालसँग सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको बताए ।
मन्त्री मेहताले विश्व स्वास्थ्य सभा नेपालको स्वास्थ्य कूटनीतिका लागि महत्वपूर्ण अवसर बनेको बताए । उनले सभाको अवसरमा भारतका स्वास्थ्य मन्त्री जेपी नड्डा र चीनका स्वास्थ्य मन्त्री लेइ हाइचाओ सँग पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटमा स्वास्थ्य सेवा, जनस्वास्थ्य र दीर्घकालीन सहकार्य विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
जेनेभामा जारी ७९औँ विश्व स्वास्थ्य सभा मे १८ देखि २३ तारिखसम्म सञ्चालन भइरहेको छ । सभामा विश्वव्यापी स्वास्थ्य चुनौती, महामारी तयारी, जलवायु परिवर्तन र स्वास्थ्य वित्तीय व्यवस्थालगायत विषयमा छलफल भइरहेको छ ।