किन्शासा । डेमोक्रेटिक रिपब्लिक अफ कंगो मा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । विशेषगरी पूर्वी इटुरी प्रान्तमा सङ्क्रमण द्रुत गतिमा फैलिरहेको भन्दै विश्व स्वास्थ्य संगठन ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कंगो सरकारका अनुसार हालसम्म ९०४ शंकास्पद सङ्क्रमित र ११९ शंकास्पद मृत्यु दर्ता भएका छन् । सङ्क्रमण बढेसँगै छिमेकी देशहरूमा समेत उच्च सतर्कता अपनाइएको छ ।
विशेषज्ञहरूका अनुसार हाल फैलिरहेको ‘बुन्डिबुग्यो’ स्ट्रेन इबोलाको दुर्लभ तथा खतरनाक प्रकार हो । यसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन । यही कारणले प्रकोप नियन्त्रण चुनौतीपूर्ण बनेको जनाइएको छ ।
डब्ल्यूएचओले कंगो र युगान्डा मा फैलिएको यो प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकालको रूपमा घोषणा गरिसकेको छ । युगान्डामा समेत केही पुष्टि भएका केस देखिएपछि सीमा निगरानी कडा पारिएको छ ।स्वास्थ्यकर्मीमाथि आक्रमण, कमजोर स्वास्थ्य संरचना, असुरक्षित अन्त्येष्टि परम्परा र द्वन्द्वग्रस्त क्षेत्रका कारण नियन्त्रण अभियान प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विशेषज्ञहरूले समयमै नियन्त्रण गर्न नसके अन्य अफ्रिकी देश हुँदै विश्वका अन्य भागमा पनि जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् । यद्यपि डब्ल्यूएचओले हाल विश्वव्यापी जोखिम भने कम रहेको जनाएको छ ।एजेन्सी