काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई एक सय एक अर्व ९५ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटमाआगामी आर्थिक वर्षको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलागि कुल १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, बाल क्यान्सर उपचार निःशुल्क, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।