काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थ, भेप र इ–सिगरेटको प्रयोगबाट टाढा रहन तथा यसको लत त्याग्न सर्वसाधारणलाई आग्रह गरेकि छन् ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा जारी सन्देशमा उनले सुर्तीजन्य पदार्थको लत त्याग्न दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको परामर्श महत्त्वपूर्ण हुने बताए । सुर्तीजन्य पदार्थ तथा निकोटिनयुक्त उत्पादनले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले कुनै भ्रममा नपर्न पनि उनले अनुरोध गरे ।
मन्त्री मेहताले नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको र हरेक वर्ष ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु यसैका कारण हुने तथ्याङ्क चिन्ताजनक रहेको उल्लेख गरिन् । साथै, किशोर–किशोरीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत गरिने भेप तथा निकोटिनजन्य उत्पादनको प्रचारप्रसार रोक्न आवश्यक रहेकोमा जोड दिईन् ।
उनले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताईन्।