काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले शिष्टाचार भेट गरे ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलगायत विभिन्न परियोजनामा चीनले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै नेपालको विकासका लागि चीनको अनुभव उपयोगी हुने बताए ।
राजदूत चाङले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि शुभकामना व्यक्त गर्दै चीन सरकार नेपालका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । उनले परम्परागत चिकित्सा, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वच्छता क्षेत्रमा प्राविधिक सहयोग र क्षमता अभिवृद्धिको प्रस्तावसमेत राखेका थिए थियो ।