काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको छ।
सोमबार मन्त्रालयमा बसेको समितिको बैठकले प्राप्त अंकका आधारमा दुवै जनाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ। डा। देवकोटा हाल डडेल्धुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट हुन् भने डा। शर्मा गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशकका रूपमा कार्यरत छन्।
स्रोतका अनुसार लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकामा झिनो अंक अन्तरले पछि परेकी थिइन्। गत भदौमा टंक बाराकोटीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। पदपूर्तिका लागि आह्वान गरिएको आवेदनमा १३ जनाले प्रतिस्पर्धा गरेका थिए।
अब सिफारिस भएका दुई जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।