काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूलाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको उपचार बिमाअन्तर्गत उपलब्ध गराउन निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार वास्तविक रूपमा आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र बिमा सुविधा उपलब्ध गराउन भनिएको हो। बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार गरी बिमामा अनावश्यक भार नपार्न अस्पताललाई आग्रह गरेको छ।
वित्तीय स्रोतको अभावका कारण स्वास्थ्य बिमा बोर्डले जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सबै बिमा सेवा अर्को निर्णय नभएसम्म स्थगित गरेको छ। हाल बिमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पतालले मात्रै आकस्मिक सेवा प्रदान गरिरहेका छन्।