काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न परिषद्, अस्पताल र स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषद्, स्वास्थ्य अनुसन्धान परिषद्, नर्सिङ परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, सदस्य, रजिस्ट्रार र कार्यकारी निर्देशकलगायत पदका लागि इच्छुक योग्य व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले आजको मितिले १० दिनभित्र मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ। मन्त्रालयले रिक्त पदमा योग्य र सक्षम नेतृत्व चयन गरी सम्बन्धित निकायको सेवा प्रवाह तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवेदन आह्वान गरेको जनाएको छ।
