काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालहरूलाई आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्रै स्वास्थ्य बिमा सुविधाअन्तर्गत सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार गरी बिमा दाबी पेश गरेमा त्यस्ता दाबीको भुक्तानी नहुने बोर्डले स्पष्ट गरेको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवनकुमार साहका अनुसार बिरामीको स्वास्थ्य अवस्था आकस्मिक उपचार आवश्यक पर्ने देखिएमा मात्र बिमाअन्तर्गत सेवा दिनुपर्ने व्यवस्था गरिएको हो। उपचारका क्रममा भर्ना वा शल्यक्रिया आवश्यक परे उपचार पद्धतिअनुसार सेवा दिन सकिने बोर्डले जनाएको छ।
वित्तीय स्रोतको अभाव र बढ्दो बक्यौता दायित्वका कारण स्वास्थ्य बिमा बोर्डले जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सबै बिमा सेवा स्थगित गरेको थियो। हाल बोर्डमा आबद्ध ३६ निजी अस्पतालले मात्र आकस्मिक सेवा प्रदान गरिरहेका छन्। यस निर्णयपछि नियमित उपचारका लागि सरकारी अस्पतालमा बिरामीको चाप बढ्ने अनुमान गरिएको छ।