काठमाडौँ । पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
यता मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज राति पनि कोशीसहित हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।