काठमाडौँ । निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा सोमबारदेखि चितवनको भरतपुर अस्पताल र वीरगञ्जको नारायणी अस्पतालबाट पनि प्रदान गरिने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले आधिकारिक परिचयपत्रका आधारमा उक्त सेवा लिन सक्नेछन्। सरकारले निजामती कर्मचारीलाई प्रदेशस्तरमै सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरेको जनाएको छ।
मन्त्रालयले आवश्यक तयारी पूरा भएपछि अन्य प्रदेशका अस्पतालमार्फत पनि यस्तै सेवा विस्तार गरिने जनाएको छ।