चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी सफल शल्यक्रिया गरिएको छ। डा। विवेककुमार साह र प्रा. डा. अनिल आचार्यको टोलीले ‘फ्लो डाइभर्टर’ प्रविधिबाट उपचार गरेको हो।
अस्पतालका अनुसार सामान्यतया यस्तो अवस्थामा टाउकोको चिरफार गरी शल्यक्रिया गर्नुपर्ने भए पनि यसपटक रक्तनलीभित्र जालीजस्तो उपकरण राखेर फुटेको भागलाई सुरक्षित बनाइएको डा। साहले बताए। मस्तिष्कको रक्तनली फुट्ने यस्तो समस्या दुर्लभ मानिन्छ र करिब एक हजारमध्ये एक जनामा मात्र देखिन्छ। शल्यक्रियापछि युवतीको स्वास्थ्यमा सुधार आएको छ र डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।