काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई सञ्चालन भइरहेको बालुवाटारस्थित मारिया हस्पिटलमा कार्यरत तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता निलम्बन गरेको छ।
काउन्सिलको अनुगमन टोलीले अस्पतालले आवश्यक अनुमति बिना सञ्चालन गर्दै आएको र विदेशी चिकित्सकमार्फत गैरकानुनी रूपमा बिरामी परीक्षण गराएको भेटेपछि कारबाही अघि बढाइएको हो। निलम्बनमा पर्ने चिकित्सकहरू डा। उ सिएनलिन, डा। चेन सिएलिन र डा। लिउ जिकिन रहेका छन्।
काउन्सिलले अस्पताललाई तत्काल सिलबन्दी गर्न तथा सञ्चालकमाथि कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गरेको जनाएको छ। साथै भिसा सर्त विपरीत काम गरेको भन्दै ती चिकित्सकको कार्य अनुमति, गैर–पर्यटकीय भिसा र श्रम स्वीकृति खारेजीका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
काउन्सिलले पछिल्लो समय दर्ताविहीन स्वास्थ्य संस्था र गैरकानुनी चिकित्सा अभ्यासविरुद्ध निगरानी तथा कारबाही कडा बनाएको जनाएको छ।