मकवानपुर । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा ९५ प्रतिशत अंक प्राप्त गर्दै सेकेण्डरी ‘बी’ लेभलका अस्पतालमध्ये देशकै उत्कृष्ट बनेको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मूल्याङ्कनमा हेटौँडा अस्पताल पहिलो, भक्तपुर अस्पताल ९३ प्रतिशत अंकसहित दोस्रो र त्रिशूली अस्पताल ८६ प्रतिशत अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
अस्पतालले आधुनिक उपकरण, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापनमार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै उत्कृष्टता हासिल गरेको जनाएको छ ।