काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित आँखा उपचार सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।
अस्पतालका अनुसार आइतबारदेखि शुक्रबारसम्म बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु गरी दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकबाट जाँच तथा उपचार सेवा दिइँदै आएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित अस्पतालमा मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोगसम्बन्धी उपचार र शल्यक्रिया नियमित भइरहेको छ ।
अस्पतालबाट दैनिक ७०० देखि ९०० जनासम्म बिरामीले सेवा लिने गरेका छन् भने आकस्मिक सेवा २४ घण्टा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।