काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको चार वर्षे कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार गठन भएको सिफारिस समितिले उपाध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारको छनोट प्रक्रिया अगाडि बढाइरहेको छ। समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।
सिफारिस समितिले काम सुरु गरेको मितिले ३० दिनभित्र नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। सिफारिस गरिएका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेछ।
हालसम्म अन्तिम नियुक्तिको निर्णय भने भएको छैन। उपाध्यक्ष छनोटपछि चिकित्सा शिक्षा आयोगले नयाँ नेतृत्व पाउनेछ।