काठमाडौँ । नेपालकै औषधि उत्पादक कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ।
युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चद्वारा बेल्जियमको ब्रसेल्समा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई उक्त अवार्ड प्रदान गरिएको हो। कम्पनीले नेपालमै पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ, जुन दम, निमोनिया लगायत फोक्सोसम्बन्धी रोगको उपचारमा प्रयोग हुन्छ।
कम्पनीले औषधि अनुसन्धान तथा विकासमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ। प्रमुख कार्यकारी अधिकृत दाहालले यो उपलब्धि नेपाली औषधि उद्योगका लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।