जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन नियमित योग अभ्यास आवश्यक रहेको बताए ।
अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरधाममा आयोजित योग कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले व्यस्त जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताए ।
उनले नेपालमा प्राचीन समयदेखि नै योग र प्राणायामको महत्त्व रहँदै आएको उल्लेख गर्दै अहिले विश्वभर योगप्रतिको आकर्षण बढिरहेको बताए ।
कार्यक्रममा मधेश प्रदेशका सभामुख रामआशिष यादवले निरन्तर योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै सबैलाई योग गर्न आग्रह गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।