काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को स्वास्थ्य तथा विज्ञान समितिको सभापतिको जिम्मेवारी नेपाल औषधि उत्पादक संघ ९एपोन० का अध्यक्ष तथा महासंघका केन्द्रीय कार्यकारिणी सदस्य विप्लव अधिकारीले सम्हालेका छन्।
महासंघ सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष अञ्जन श्रेष्ठले अधिकारीलाई समितिको सभापतिको कार्यभार हस्तान्तरण गरेका हुन्। अधिकारी गत चैतमा सम्पन्न महासंघको निर्वाचनबाट वस्तुगततर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
जिम्मेवारी पाएपछि अधिकारीले स्वास्थ्य तथा विज्ञानजस्तो महत्वपूर्ण क्षेत्रको नेतृत्व चुनौतीपूर्ण भए पनि सबै सरोकारवाला निकाय, विज्ञ तथा निजी क्षेत्रको सहकार्यबाट सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।
उनले स्वास्थ्य सेवा, औषधि उद्योग, चिकित्सा शिक्षा, अनुसन्धान तथा विज्ञान–प्रविधिको विकासका लागि नीतिगत सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रको सहभागिता बढाउन समितिले भूमिका खेल्ने बताए। स्वदेशी औषधि उद्योगको प्रवर्द्धन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा सक्रिय अधिकारीको नेतृत्वलाई स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।