काठमाडौँ । नेपालमा मनसुन प्रवेश भए पनि तराई क्षेत्रमा तातो लहर ९हिटवेभ०को जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बढ्दो गर्मीले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।
विभागका अनुसार धनगढी, नेपालगन्जलगायत तराई क्षेत्रमा तापक्रम अझै ४० डिग्री सेल्सियस आसपास पुग्न सक्ने सम्भावना छ। यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा बाहिर काम गर्ने व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।
अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी, थकान, चक्कर आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा गम्भीर अवस्थामा ‘हिट स्ट्रोक’सम्म हुन सक्ने चिकित्सकहरू बताउँछन्। विभागका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईमा गर्मीको असर कायम रहनेछ। पर्याप्त पानी पिउने, घाममा लामो समय