चितवन। भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि अवरुद्ध सेवा निजी अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको छ।
अस्पतालका अनुसार नौ वर्ष पुरानो मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि केही दिनदेखि सेवा प्रभावित भएको थियो। बिरामीलाई समस्या नहोस् भनेर निजी अस्पताल समन्वय समिति ९अफिन० चितवनसँग सम्झौता गरी स्वास्थ्य बीमा अन्तर्गतकै सरकारी दररेटमा सिटी स्क्यान सेवा उपलब्ध गराइएको छ।
अस्पतालका प्रवक्ता डा। रामप्रसाद सापकोटाका अनुसार बिरामीलाई अस्पतालकै सवारीसाधनमार्फत सम्बन्धित निजी अस्पतालमा लगेर परीक्षण गराई पुनः भरतपुर अस्पताल ल्याउने व्यवस्था गरिएको छ।
मेसिन मर्मतका लागि नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाइँदै छ। सेवा पूर्ण रूपमा सञ्चालन हुन करिब दुई हप्ता लाग्न सक्ने अस्पतालले जनाएको छ। भरतपुर अस्पतालमा दैनिक करिब ५० जनाले सिटी स्क्यान सेवा लिँदै आएका छन्।