काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बन्द गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । गत माघ १ गतेदेखि रोकिएको सेवा भोलिदेखि पुनः सुरु गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा। सुवासप्रसाद आचार्यका अनुसार सुरुमा बहिरङ्ग सेवा (ओपिडी) मा बिमा सेवा उपलब्ध गराइनेछ भने केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । बिमा टिकट बिहान र दिउँसो निश्चित समयमा वितरण गरिनेछ ।
बिमा बोर्डबाट उपचार सेवाको बाँकी भुक्तानी उपलब्ध भएपछि अस्पतालले सेवा पुनः सञ्चालन गर्न लागेको हो । यसअघि भुक्तानी नपाएपछि अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोक्न बाध्य भएको जनाएको थियो । त्रिवि शिक्षण अस्पतालले विसं २०७७ देखि स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा दिँदै आएको थियो ।