काभ्रेपलाञ्चोक । काभ्रेमामा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजार ७२९ हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको छ। बनेपा र पनौतीका केही पोल्ट्री फार्ममा सङ्क्रमण देखिएपछि नियन्त्रणका लागि पन्छी नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।
मरेका पन्छी खुला स्थानमा फाल्दा काग तथा जङ्गली चरामार्फत सङ्क्रमण फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। कार्यालयले परीक्षण, ओसारपसार नियन्त्रण र जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेको छ।
देशमा बर्डफ्लु सङ्क्रमण विभिन्न जिल्लामा देखिएपछि हालसम्म पाँच लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ। पशु सेवा विभागले प्रभावित क्षेत्रमा कुखुरा, अण्डा र दानाको व्यवस्थापन तथा ओसारपसार नियन्त्रणलाई तीव्र बनाएको जनाएको छ।
भक्तपुरका केही कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। सङ्क्रमित फार्मका पन्छी नष्ट गरी संक्रमण फैलिन नदिन निगरानी बढाइएको छ। मरेका पन्छी जथाभावी फाल्दा काग तथा जङ्गली चरामार्फत सङ्क्रमण फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। कार्यालयले परीक्षण, ओसारपसार नियन्त्रण र पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइ गर्न आग्रह गरेको छ।