काठमाडौं – भारतमा एकै दिन एक लाख ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।
बिगत २४ घण्टाभित्र त्यहाँ एक लाख ५२ हजार ६ सय ८२ जना नयाँ संक्रमित थपिएका वल्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ ।
बिगत २४ घण्टामा ८ सय ३८ जनाको मृत्यु भएसँगै छ । यो सँगै भारतमा कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ६९ हजार ३ सय ५ पुगेको छ।
भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ। संक्रमितमध्ये एक करोड २० लाख ७८ हजार ३३३ जना निको भइसकेका छन् भने ११ लाख ७ हजार ८२७ सक्रिय संक्रमित रहेका छन्।