किन्शासा । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिएको बुन्डिबुग्यो प्रजातिको इबोला सङ्क्रमण नियन्त्रण गर्न चुनौती थपिएको छ । प्रभावित क्षेत्रमा असुरक्षा, जनसङ्ख्याको उच्च आवागमन र स्वास्थ्य सेवामा पहुँचको कठिनाइका कारण संक्रमण नियन्त्रणमा समस्या भइरहेको विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जनाएको छ।
डब्ल्यूएचओका अनुसार जुलाई १ सम्म डीआर कङ्गोमा एक हजार ४६० पुष्टि भएका सङ्क्रमितमध्ये ४५२ जनाको मृत्यु भएको छ भने २१३ जना निको भएका छन्। संक्रमण मुख्य रूपमा इटुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तमा केन्द्रित छ।
यसैबीच, बुन्डिबुग्यो इबोलाविरुद्ध प्रभावकारी उपचार खोज्न डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय साझेदारहरूले क्लिनिकल परीक्षण सुरु गरेका छन्। परीक्षणमा रेम्डेसिभिर र एमबीपी–१३४ (MBP134) नामक औषधिको प्रभावकारिता अध्ययन भइरहेको छ। हालसम्म यस इबोला प्रजातिविरुद्ध स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन।