ललितपुर । देशका अधिकांश जिल्लामा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत जिल्लामा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ। तर काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको र उपत्यकाका तीन जिल्लामा पनि अवस्था सामान्य भइनसकेको वरिष्ठ पशु सेवा चिकित्सक डा। मुकुल उपाध्यायले बताए।
विभागका अनुसार हालसम्म देशभर ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा र २ लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ। जोखिम नियन्त्रणका लागि प्रभावित क्षेत्रमा अनुगमन, पन्छी नष्ट गर्ने र अन्य नियन्त्रणका उपायहरू कार्यान्वयन भइरहेको विभागले जनाएको छ।