काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार आयोगको २६औँ बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको हो।
आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सहअध्यक्षता रहेको थियो। बैठकले आयोगको कोष व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित कार्यविधि अनुमोदन गरेको जनाएको छ।