संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा ठुलो आन्द्राको क्यान्सर फोक्सोको क्यान्सर पछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पदर्छ । ठुलो आन्द्राको क्यान्सरको सुरुवात आन्द्राको भित्रपटिको माथिल्लो स्तरमा मासुको डल्लो (पोलिप) पलाउनाले हुने गर्दछ । सबै पोलिप सुरुको अवस्थामा हानिकारक हुदैनन, तर यी पोलिपहरुलाई यदि समयमै पहिचान गरेर निकाल्न सकिएन भने, भविष्यमा यसबाट ठुलो आन्द्राको क्यान्सर हुने प्रबल सम्भावना रहन्छ ।
जोखिमका कारणहरु :
- मोटोपना, आलस्यपन
- व्यायाम कस्रत नगर्ने
- अत्याधिक मात्रामा धुम्रपान र मध्यपान सेवन
- धुवामा सेकेको खानेकरा जस्तै सेकुवा, सकुटीको बढी सेवन
- साँग सब्जी कम खाने र रातो मासु बढी खाने
- प्रशोधित खानेकुराहरु बढी खाने
अरु केही यस्ता पनि जोखिमका कारणहरु छन जुन हामिले परिवर्तन गर्न सक्दैनौ, जस्तै बढ्दो उमेर, सूजनजन्य आन्द्राको रोग आदि । परिवारमा कसैलाई यस्तो रोग भएको वंशानुगत कारणहरु छन भने ठुलो आन्द्राको क्यान्सरको जोखिम हुने सम्भावना बढेर जान्छ । यस्तो अवस्थामा होसियार हुन जरुरी छ र उमेर पुगिसकेपछि स्क्रीनिंगमा जान आवश्यक हुन्छ । स्क्रीनिंग जाँचले चाहि समयमै रोगको पहिचान गर्न सहयोग गर्दछ जसले गर्दा रोग समयमा निर्मुल पार्न सकिन्छ ।
यो क्यान्सरको लागि निम्न लिखित जाँचहरु स्क्रीनिंग वाट गर्न सकिन्छ ।
- दिसामा रगतको जाँच (Stool for occult blood)
- दुविर्न प्रयोग बाट ठुलो आन्द्राको जाच गरी हेर्ने (Sigmoidoscopy, Colonoscopy)
- Ct/कोलोनोग्राफी
- कोलोगार्ड द्वारा दिसामा संभावित क्यान्सर कोषिकाको म्ल्ब् हेर्न सकिन्छ। यो जाँचको संवेदनशीलता लगभग १० प्रतिशत छ ।
अमेरीकन क्यान्सर सोसाईटीको गाईडलाइन अनुसार ४५ वर्षको उमेरबाट सुरु गरेर सबैले प्रत्येक १० बर्षमा एकचोटी कोलोनोस्कोपी जाँच गर्नु आवश्यक छ । यस्का साथै दिशामा क्यान्सर कोषिकाको DNA जाँच ३ बर्षमा एक चोटी गर्न सकिन्छ । उच्च जोखिमका कारण भएको परिवाका मान्छेहरुले चाहि Colonoscopy अथवा अरु स्क्रीनिंगका जाँचहरु ४५ बर्षको उमेर भन्दा अगाडी चिकित्सकको परामर्श लिएर गर्न सकिन्छ ।
लक्षणहरुः
सुरुको अवस्थामा धेरै जसो मानिसहरुमा यो रोगका केही पनि लक्षण नदेखिने हुनाले सबैले उमेर पुगिसकेपछि स्क्रीनिंग जाँच गर्नु महत्वपुर्ण मानिन्छ । तर विडम्वना, ढीलो अवस्थामा गएर मात्र यो रोगका लक्षणहरु देखा पर्छन । जस्तै :
- पेट दुख्ने र फुल्ने
- दिसामा रगत देखिनु
- कहिले पातलो दिसा कहिले कब्जियत हुनु
- दिसा राम्रो संग निकास नहुनु
- विना कारण शरीरको तौल घटनु र अनाव्शयक थकान महशुस हुनु ।
उपचार
ठूलो आन्द्राको क्यान्सरको उपचार रोगको चरण (Stage) अनुसार तय गरिन्छ। उपचारका मुख्य विधिहरू हुन्–
- शल्यक्रिया (Surgery)
- किमोथेरापी (Chemotherapy)
- रेडियोथेरापी (Radiotherapy)
- आवश्यक परे लक्षित उपचार (Targeted Therapy) वा इम्युनोथेरापी
जोखिमका कारणहरु न्युन गर्ने उपायहरुः
यदी हामीले हाम्रो जीवनशैलीलाई अनुशासित र स्वस्थ बनाउन सकियो भने धेरै हद सम्म यो रोग लाग्न बाट आफुलाई वचाउन सकिन्छ जसका लागी हामी ले
निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।
- बोसो युक्त खानेकुरा, रातो मासु, प्रशोधित खाना कम गर्ने ।
- फलफुल, सागसब्जी र रेसा युक्त खानेकरा आफनो दैनिक खानामा राख्ने ।
- दैनिक शारिरिक व्यायाम जस्तै योगा, व्यायाम गरी आफनो तौललाई नियन्त्रण गर्ने ।
- मध्यापन र धुम्रपानबाट टाढा बस्ने ।
ठूलो आन्द्राको क्यान्सर सुरुवाती अवस्थामा प्रायः कुनै लक्षण नदेखिने रोग हो। तर समयमै स्क्रिनिङ र नियमित स्वास्थ्य परीक्षण गरिएमा यसलाई प्रारम्भिक चरणमै पहिचान गरी सफल उपचार गर्न सकिन्छ। ४५ वर्षपछि नियमित जाँच गराऔँ, स्वस्थ जीवनशैली अपनाऔँ र ठूलो आन्द्राको क्यान्सरबाट आफू तथा परिवारलाई सुरक्षित राखौँ।