चितवन। भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मतपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आग्रह गरेको छ।
अस्पतालका प्रवक्ता डा। रामप्रसाद सापकोटाका अनुसार विशेषज्ञ सेवा विस्तार, अस्पतालको क्षमता अभिवृद्धि र डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउन डायलाइसिस मेसिन, भेन्टिलेटर, पेसेन्ट मोनिटर, अल्ट्रासोनोग्राफी, एक्स–रे र इईजी मेसिनलगायत उपकरण आवश्यक परेको हो।
अस्पतालले सञ्चालनयोग्य उपकरण उपलब्ध गराउन इच्छुक सरकारी, निजी संस्था तथा व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ। हाल भरतपुर अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्।