काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा आज बिहान निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत २५ वर्षीय मण्डलको बिहान २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेपछि प्रारम्भिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई बर्न अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले निरन्तर उपचार गरे पनि उनको ज्यान जोगाउन नसकिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी केही समयदेखि बेरोजगारी, आर्थिक समस्या तथा मानसिक तनावबाट गुज्रिरहेको पारिवारिक स्रोतले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ