काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा। सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारमध्ये डा। प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि नै यसको सुदृढीकरणका पक्षमा निरन्तर वकालत गर्दै आएका स्वास्थ्य विज्ञका रूपमा परिचित छन्। उनी स्वास्थ्य क्षेत्र सुधार, सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउने विषयमा सक्रिय रूपमा काम गर्दै आएका छन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, सेवाग्राहीमैत्री प्रणाली विकास गर्ने र स्वास्थ्य संस्थासँगको समन्वय सुदृढ गर्ने अपेक्षासहित सरकारले उनलाई बोर्डको नेतृत्वको जिम्मेवारी दिएको हो।