वीरगञ्ज । चिकित्सकमाथि भएको आक्रमणपछि अवरुद्ध बनेको वीरगञ्जस्थित नारायणी अस्पतालको सम्पूर्ण सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।
साउन ९ गते आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र नर्समाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको थियो। त्यसपछि अस्पतालका अधिकांश सेवा प्रभावित भएका थिए।
नेपाल सरकार र नेपाल चिकित्सक संघबीच साउन १३ गते सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्। त्यससँगै साउन १४ गतेदेखि अस्पतालका सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।