काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले व्यक्तिगत पहुँचका आधारमा होइन, स्वास्थ्यको अधिकार ९राइट टु हेल्थ० का आधारमा सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा सरकारले काम गरिरहेको बताईन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले पहुँचका आधारमा हुने उपचारलाई निरुत्साहित गर्न डिजिटल प्रणाली र नीतिगत व्यवस्था लागू गरिएको जानकारी दिईन्।
उनले हाल देशभर सर्पदंश उपचारका लागि प्रयोग हुने १ हजार २६९ भाइल एन्टी स्नेक भेनम मौज्दात रहेको बताउँदै आवश्यकताअनुसार आपूर्ति व्यवस्थापन भइरहेको उल्लेख गरिन।
त्यसैगरी स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन अनुगमनलाई तीव्र बनाइएको तथा विपन्न नागरिकको उपचार पहुँच विस्तार गर्न बिरामीको चाप भएका अस्पतालमा थप आईसीयू, बेड र डायलाइसिस मेसिन थप्ने तयारी भइरहेको मन्त्री मेहताले जानकारी दिईन्।