धनगढी । न्यूरोलोजीसम्बन्धी विभिन्न समस्या भएका बिरामीलाई लक्षित गर्दै निसर्ग अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिले वरिष्ठ न्यूरोलोजिस्ट डा. जितेन्द्र प्रसाद यादवबाट विशेष स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गर्ने भएको छ ।
डा. यादवले प्यारालाइसिस, मिर्गी तथा छारे रोग, टाउको दुख्ने, हातखुट्टा काम्ने वा झमझम गर्ने, पार्किन्सन तथा अन्य मुभमेन्ट डिसअर्डर, चक्कर लाग्ने र बिर्सिने समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श दिने अस्पतालले जनाएको छ ।
प्यारालाइसिस भएका बिरामीमा हातखुट्टा नचल्ने, शरीरको कुनै भाग कमजोर हुने वा बोल्न तथा हिँडडुल गर्न समस्या देखिन सक्छ । त्यस्तै, पटक–पटक मिर्गी वा छारे रोगको समस्या देखिने, लामो समयदेखि टाउको दुख्ने, हातखुट्टा काम्ने वा झमझम गर्ने समस्या भएका व्यक्तिले पनि न्यूरोलोजिस्टसँग परामर्श लिन सक्नेछन् ।
पार्किन्सन रोग तथा अन्य मुभमेन्ट डिसअर्डर, बारम्बार चक्कर लाग्ने, स्मरणशक्ति कमजोर हुँदै जाने वा बिर्सिने समस्या भएका बिरामीका लागि समेत विशेषज्ञ परामर्श उपलब्ध हुने अस्पतालले जनाएको छ । डा. जितेन्द्र प्रसाद यादव MBBS, MD (Neurology) हुनुहुन्छ । उन नेसनल ट्रमा सेन्टर (NAMS) तथा ग्रान्डे इन्टरनेसनल हस्पिटलसँग आबद्ध छन । उनको NMC नम्बर ८०२९ रहेको छ ।
अस्पतालका अनुसार डा. यादवले साउन २९ र ३० गते निसर्ग अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण तथा न्यूरोलोजीसम्बन्धी परामर्श सेवा प्रदान गर्नुहुनेछ । न्यूरोलोजीसम्बन्धी समस्या भएका बिरामीले समयमै विशेषज्ञसँग परामर्श लिएर आवश्यक परीक्षण तथा उपचार गराउनु उपयुक्त हुने चिकित्सकहरू बताउँछन् ।