काठमाडौं । सडक दुर्घटनामा घाइते हुने नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने योजना अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आवश्यकता अनुसार विभिन्न स्थानमा ट्रमा युनिट स्थापना गर्ने तयारी भइरहेको बताए।
मन्त्री मेहताका अनुसार ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिरहेको छ। नयाँ संरचना तयार हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्ने योजना अघि बढाइएको छ।
लहानको ट्रमा युनिट ढल्केबरको विकल्प नभई नयाँ संरचना तयार नहुँदासम्म दुर्घटनामा घाइतेलाई समयमै उपचार उपलब्ध गराउने अस्थायी व्यवस्था भएको उनले स्पष्ट पारे।