काठमाडौँ । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको निर्वाह भत्ता, काम गर्ने अवधि, बिदा र चिकित्सा शिक्षाको गुणस्तर सुधारका विषयमा सरकार र सरोकारवालाबीच छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य सल्लाहकार प्रा।डा। जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, विश्वविद्यालयलगायतका प्रतिनिधि सहभागी थिए।
बैठकमा चिकित्सकमाथि मानसिक तथा शारीरिक चाप नपर्ने गरी प्रशिक्षण र कामको व्यवस्था गर्नुपर्नेमा जोड दिइयो। चिकित्सकको क्षमता तथा प्रशिक्षणको अनुगमनका लागि डिजिटल लगबुक प्रभावकारी हुने बताइएको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। देवेन्द्रबहादुर खत्रीले चिकित्सकको नियमितता र आरामका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले ९० प्रतिशत हाजिरी अनिवार्य गर्नुका साथै हप्तामा एक दिन बिदाको व्यवस्था हुनुपर्ने धारणा राख्य।
छलफलमा प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको तलब तथा निर्वाह भत्ताका विषयमा समेत छलफल भएको थियो।