काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका ४२ जनालाई उपचारका लागि काठमाडौं ल्याइएकोमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी ३३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएका २३ जनामध्ये ४ जना डिस्चार्ज भएका छन् भने १९ जनाको उपचार भइरहेको छ। वीर अस्पताल र नर्भिक अस्पतालमा ३र३ जना तथा छाउनीस्थित अस्पतालमा एक जना उपचाररत छन्। अन्य घाइतेको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्य जारी रहेकाले घाइतेको संख्या थपिन सक्ने जनाइएको छ। गम्भीर घाइतेलाई आवश्यकताअनुसार हेलिकप्टरमार्फत काठमाडौंलगायतका सुविधासम्पन्न अस्पतालमा ल्याउने क्रम जारी छ। सरकारले रसुवा बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ।