काठमाडौं । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल न्यूरोसर्जनस् समाज (नेसन) ले दुःख व्यक्त गरेको छ ।
समाजले बाढीमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले समाजले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १०१ रुपैयाँ सहयोग गरेको समाजका अध्यक्ष प्रा। डा। राजीव झाले जानकारी दिए ।
समाजले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज, स्वयंसेवी तथा सर्वसाधारणप्रति सम्मान व्यक्त गर्दै अन्य सहयोगी मनहरूलाई पनि राहत तथा उद्धार कार्यमा सहभागी हुन आह्वान गरेको छ ।