विराटनगर । रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले २१ लाख १११ रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
अस्पतालले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै प्रभावितको राहत, स्वास्थ्य सेवा र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।