बागलुङ । बागलुङमा डेङ्गुसँगै स्क्रब टाइफसको सङ्क्रमण पनि बढेको छ। साउनयता जिल्लामा १ हजार ४०३ जनामा डेङ्गु र २८२ जनामा स्क्रब टाइफस पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
डेङ्गु बागलुङ बजारमा बढी फैलिएको छ भने स्क्रब टाइफस गाउँ क्षेत्रमा केन्द्रित देखिएको छ। धौलागिरि अस्पतालमा मात्रै १ हजार २२४ जनामा डेङ्गु पुष्टि भएको छ। दैनिक ३० देखि ५० जनासम्ममा डेङ्गु देखिन थालेपछि लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान तीव्र पारिएको छ।
स्क्रब टाइफसका संक्रमितमध्ये करिब आधा गलकोट नगरपालिकाका रहेका छन्। जोखिम बढेपछि बागलुङ नगरपालिकाले डेङ्गु नियन्त्रणमा बेवास्ता गर्ने ग्यारेजबाट टायरसमेत जफत गर्न थालेको जनाएको छ।