गण्डकी । गण्डकी प्रदेशका १० जिल्लामा यस वर्ष हालसम्म २ हजार ३११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामा मात्रै २२८ जनामा सङ्क्रमण देखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ।
पछिल्लो एक सातामा बागलुङमा १७०, कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जामा चार, तनहुँमा तीन र लमजुङमा दुई जनामा डेङ्गु देखिएको छ। बागलुङ नगरपालिका सबैभन्दा प्रभावित रहेको केन्द्रले जनाएको छ।
डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ। घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।