झापा । कोशी प्रदेशमा डेंगु संक्रमण बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै झापामा २२८ र सुनसरीमा २०३ जनामा संक्रमण देखिएको छ। त्यस्तै ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४ र उदयपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणको जोखिम बढ्दै गएपछि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ।
डेंगुबाट बच्न घर वरपर पानी जम्न नदिने र लामखुट्टेको बासस्थान नष्ट गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो। पानी ट्यांकी, ड्रम तथा भाँडा छोपेर राख्ने, गमला, टायर, बोतललगायतमा जमेको पानी नियमित हटाउने गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न झुल वा रिपेलेन्ट प्रयोग गर्नुका साथै शरीर ढाक्ने कपडा लगाउनुपर्छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ।