बागलुङ। धौलागिरि प्रादेशिक अस्पतालले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिस सेवा विस्तार गरेको छ। अस्पतालले थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएसँगै उपकरणको सङ्ख्या १२ पुगेको छ।
यसअघि ६१ जनालाई सेवा दिँदै आएको अस्पतालले अब ७१ जनालाई नियमित डायलाइसिस सेवा दिन सक्ने जनाएको छ। सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकार र अस्पताल व्यवस्थापन समितिको गरी रु ४० लाख खर्च भएको छ।
अस्पतालले सरुवा रोग भएका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याको व्यवस्था समेत गरेको छ। सेवा विस्तारसँगै डायलाइसिसका लागि पोखरा तथा काठमाडौँ जानुपर्ने बाध्यता केही कम हुने अपेक्षा गरिएको छ।