धनगढी । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। १५औँ राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मानपत्र प्रदान गरेको हो।
नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व कार्यालय धनगढीले आफ्नो कार्यक्षेत्रभित्र रहेका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्वमा योगदान पुर्याएको भन्दै अस्पताललाई सम्मान गरेको जनाएको छ।
अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त सम्मान ग्रहण गरेका हुन्। स्वास्थ्य सेवा प्रदान गर्दै आएको निसर्ग अस्पतालले नियमित कर दाखिलामार्फत आर्थिक तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। कर दिवसका अवसरमा प्राप्त सम्मानले स्वास्थ्य सेवा क्षेत्रका संस्थाहरूको आर्थिक पारदर्शिता र राज्यप्रतिको दायित्वलाई समेत उजागर गरेको छ।
सोही अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले आयुष सर्जिकल र नास्ट कलेजलाई पनि सम्मान गरेको छ।