काठमाडौं - चिसो बढेसँगै बालबालिकामा ज्वरो आउने रुघाखोकि लाग्ने जस्ता समस्याहरु देखिरहेका हुन्छन् । ज्वरोको औषधि उपलब्ध नहुदाँ, औषधि उल्टि गरेमा वा औषधिले ज्वरो नघटेमा बालबालिकालाई पानी पट्टि गरिदिनुपर्छ । पानी पट्टि गर्नका लागी यस्तो विधि अपनाउनुपर्छ ।
सुरुमा सफा भाँडामा पानी राख्ने
नाप्न मिल्ने भए सो पानीको तापक्रम ३२ देखि ३५ डिग्री सेल्सियस वा ९० देखि ९६ फरेनहाइट हुनुपर्छ वा हत्केलाले छाम्दा हल्का मनतातो हुनुपर्छ । चिसो पानी आइसको प्रयोग कहिले पनि गर्नु हुदैन ।
सफा कपडा वा स्पोंज पानिले भिजाएर हात खुट्टा र जिउ पुछिदिनुपर्छ । केहि समय पानी सुक्न दिनुपर्छ । त्यसपछि ज्वरो नाप्प्ने र ज्वरो नघटेसम्म यो प्रक्रृया दोहोर्याई रहनुपर्छ ।
पानी पट्टि गर्ने क्रममा बालबालिका थरथर कापेमा पानिपट्टि रोक्नुपर्छ अन्यथा ज्वरो झन बढ्न सक्छ ।