काठमाडौं- वरिष्ठ मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको कोरोना संक्रमण्का कारण ज्यान गएको छ ।
४२ वर्षका डा. सुवेदीलाई ह्याम्स अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
२५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको गए राती निधन भएको भएको अस्पतालका मिडिया पर्सन रोसन अधिकारीले बताए ।
मिडिया पर्सन अधिकारीका अनुसार अस्पतालमा ल्याउदा उनमा कडा निमोनिया भइसकेको अवस्था थियो र अक्सिजन लेभल पनि घटिसकेको थियो ।